काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि दिइएको छ । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ ।
दसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/ ५४ वटा बोका र राँगा बलि चढाइने परम्परा रहेको छ ।आज देशैभरको शक्तिपीठहरूमा बोका, हाँस, कुखुराको भाले, राँगाको बलिसहित पूजा गर्ने चलन छ ।
यस्तै सवारी साधनहरुको पनि पुजाआजा गरी भाले, हाँस, नरिवलको चढाउने प्रचलन रहेको छ । गत वर्ष भने कोरोनाका कारण हनुमानढोकामा बलि स्थगित भएको थियो ।
आज उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाललगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि गरिएको छ ।




Leave a Reply