जनआन्दोलनकी ‘पोस्टर गर्ल’ पहिलोपटक मन्त्री पदमा

काठमाडौं । रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।

झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् । दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गरेको छ ।

उक्त घटनाबाट चर्चामा आएकी झाँक्री विद्रोही नेतृको रूपमा परिचित छिन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्बिरका कारण चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए ।

२०३५ मा गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ।

विकास नीतिमा समेत रुचि भएकी उनले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छिन् ।

Comments

3 responses to “जनआन्दोलनकी ‘पोस्टर गर्ल’ पहिलोपटक मन्त्री पदमा”

  1. Bhagirath bidari Avatar
    Bhagirath bidari

    हार्दिक बधाइ अनि सफल कार्य काल को शुभ कामना ।हाम्रो लाई होइन राम्रो लाई साथ दिनु होला….

  2. krishna hari maharjan Avatar
    krishna hari maharjan

    झाँक्री बहिनी मन्त्री हुनु भएकोमा धेरै खुशी लागेकोछ । हार्दिक बधाई र स्वच्छ छवी कायम राख्दै जनसेवा गर्न सफल होस भनि कामणा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *