दिल्ली । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कांग्रेस महासचिव राहुल गान्धीसँग बिदाइ भेट गरेका छन् ।
सो भेटमा दुई मुलुकका नागरिकबीच रहिआएको सांस्कृतिक र ऐतिहासिक निकटताबारे न्यानो संवाद भएको आचार्यले ट्वीटमार्फत उल्लेख गरेका छन् ।
यसैमहीना शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीति कोटामा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि आचार्य फर्किन लागेका हुन् ।


Leave a Reply