अदालतको आदेशले कर्णालीमा चुनाव जितेका कांग्रेस प्रतिनिधिको पद धरापमा

सुर्खेत । शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई तत्काल राजनीतिक कार्यमा संलग्न नगर्न नगराउन पाटन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले कांग्रेसको जारी अधिवेशनमा कर्णालीमा चुनिएका कर्मचारी र शिक्षकमा तरंग ल्याएको छ ।

शिक्षक र कर्मचारीलाई तत्काल महाधिवेशन प्रतिनिधिलगायतका कार्यकारी पदमा नबस्न आएको आदेशले दैलेख घर भइ सुर्खेतमा कार्यरत स्वास्थ्यकर्मी राजेश बुढाको पद पनि धरापमा परेको छ ।

शिक्षक संघमा आआद्ध हुम्लाको बालमन्दिर मााध्यमिक विद्यालय सिमिकोटमा कार्यरत शिक्षिका मधु शाहीको पनि पद जोखिममा परेको छ । सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक जुनराज हमाल, उषा रोकाय पनि महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएका छन् ।

सल्यानमा पनि शिक्षक कर्मचारीहरू चुनावमा लडेका छन् । जिल्ला सचिवमा डिल्लिप्रसाद जैसी र शिक्षक एकराज बुढाथोकीले उम्मेदवारी दिएका छन् । क्षेत्रीय सभापतिमा शिक्षक वीरबहादुर सेजुवाललगायतले पनि उम्मेदवारी दिएको कांग्रेस सल्यानले बताएको छ ।

यस्तै, रुकुमपश्चिमलगायतका जिल्लामा पनि धेरै शिक्षक कर्मचारी कांग्रेसको पदमा आउन लागेको बताइएको छ ।

जुम्लामा पनि वडाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा तीनजना शिक्षक आएका छन् । जनक कामी, गजबहादुर शाही र काले शाही शिक्षक हुन् ।

त्यस्तै कालीकोटमा पनि शिक्षक कांग्रेस महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । शिक्षक मानबहादुर रोकायासहित यहाँ १५ जना बढी शिक्षक वडा प्रतिनिधि भइसकेका छन् ।

कर्णालीका अधिकांश जिल्लाबाट शिक्षक कर्मचारी वडा प्रतिनिधि बनेर आएका छन् । कर्णालीको सुर्खेत र डोल्पामा भने सदस्यता विवादका कारण अधिवेशन रोकिएको छ ।

Comments

One response to “अदालतको आदेशले कर्णालीमा चुनाव जितेका कांग्रेस प्रतिनिधिको पद धरापमा”

  1. Nepali congress Avatar
    Nepali congress

    The stay order will be in the case of other districts at which general convention is not accomplished. It doesn’t matter.

Leave a Reply

Your email address will not be published. Required fields are marked *