साफ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा, विकेश र राजन बाहिरिए

काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अन्तिम टोली घोषणा गरेका छन् । साफ च्याम्पियनसिपको तयारीका लागि कतार पुगेको नेपाली टोलीबाट गोलकिपर विकेश कुथु र मिडफिल्डर राजन गुरुङलाई बाहिर राख्दै टोलीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपालले अक्टोबर १ मा शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्नेछ । त्यसको तयारी स्वरुप नेपालले आइतबार राति ९ः४५ बजे ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपाली टोलीः किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, आयुष घलान, रोहित चन्द, सुरज जेउ ठकरी, नितिन थापा, विशाल राई, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, मनिस डाँगी, कमल थापा, अन्जन विष्ट, सुनिल बल, आशिष लामा, सुमन लामा, सन्तोष तामाङ, नवयुग श्रेष्ठ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *