सुदूरपश्चिमको उत्पादनले बजार पाएन: किसान आयोग अध्यक्ष दंगाल

कैलाली । किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालको सुदूरपश्चिममा उत्पादन भएका बस्तुहरूले बजार नपाएको बताएका छन् । आज धनगढीमा पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँ उत्पादन भएको बस्तुले बजार नपाएको तर, भारतबाट आयात हुने बस्तुहरूले बजार ढाकेको बताए ।

‘यहाँ सबै प्रकारका खाद्यान्न फलफूल तथा बालिहरू उत्पादन भइरहेका छन् ती उत्पादनले उचित बजार पाउन सकेका छैनन्,’ उनले भने ‘तर, निर्बाध रुपमा भारतबाट तिनै उत्पादनहरू आइरहेका छन् ।’

उनले भारतबाट आइरहेका बस्तुहरूको नियमन नगर्दा नेपाली किसान मारमा परेको बताए । राष्ट्रिय कृषि नीति संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

‘दिगो कृषि विकासमा आधारित नीति बनाउँछौ किसानको अधिकार स्थापित गर्ने लागेका छौँ,’ उनले भने । किसान कल सेन्टर निर्माण गरेर किसानको समस्या सम्बोधन गर्ने तयारी भइसको उनले बताए ।

कार्यक्रममा किसान आयोगकी सदस्य जयन्ती पौडेलले सुदूरपश्चिम प्रदेशमा मौसम अनुसारको खेती गर्न किसानलाई प्रोत्साहित गर्ने र ती खेती प्रवर्द्धनको लागि सरकारलाई आग्रह गर्ने बताइन् ।

आयोगले किसानहरूका सवालमा सरकारले सञ्चालन गरेका विभिन्न आयोजना, तिनको प्रभावकारिता र आयोगले गर्ने आगामी कामको योजनाबारे समेत छलफल गरेको थियो ।

छलफलमा सहभागीहरूले सरकारबाट नीतिगत त्रुटि हुँदा किसानहरूले थुप्रै समस्या भोग्नु परेको बताएका थिए । समयमा रासायनिक मल नपाउँदा किसानलाई उत्पादन गर्न समस्या पर्ने र उत्पादन भएका बस्तुहरूले समेत बजार नपाउने गरेको सहभागीहरूले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *