काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई रामचन्द्र पौडेल पक्षका नेताहरूले भेटेका छन् ।
बिहान बालुवाटारमा भएको भेटमा महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
उनले ध्यानाकर्षणको क्रममा पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर आग्रह गरेको जानकारी दिए ।
देउवालाई भेट्न महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं के.सी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेका थिए ।

Leave a Reply