यी हुन् यो वर्ष पुरस्कार पाउने उत्कृष्ट निजामती कर्मचारी

काठमाडौं । सोमबारको मन्त्रिपरिष बैठकको निर्णयअनुसार यस वर्ष १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले निजामती पुरस्कार पाउँदैछन् ।

यो पुरस्कार आज निजामती सेवा दिवसको अवसर पारेर प्रधान गरिँदैछ । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा सर्वोच्च अदालतका सह-रजिस्टारदेखि बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृतसम्म छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुः सर्वोच्च अदालतका सह–रजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेती, अख्तियारका सहसचिव राजेन्द्रकुमार केसी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम, स्वास्थ्य सेवा विभागका निर्देशक डा. भीमसिंह तिंकरी छन् ।

त्यस्तै महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता हरिशंकर ज्ञवाली, महालेखा परीक्षक कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, भूमि व्यवस्थापन तथा अभिलेख विभागकी निर्देकश सुमना अर्याल वाग्ले, म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा वालवालिका विभागकी नायव सुब्बा कमला ढकाल काफ्ले पनि उत्कृष्ठ निजामती सेवा पुरस्कारका लागि छनाेट भएकी छन् ।

निजामती सेवा पुरस्कारका लागि भने ४ जना सहसचिव, ८ जना उपसचिव तहका कर्मचारी छनोट भएका छन् । ११ जना शाखा अधिकृत, ५ जना नायव सुब्बा र दुई जना कार्यालय सहयोगीले पनि निजामती सेवा पुरस्कार पाउँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *