मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं । गृहमन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न आम नागरिकमा अनुरोध गरेको छ ।

मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चारमाध्याम÷सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेदद्वारा आज जारी विज्ञप्तिमा विकास आयोजना कर्याान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न र नगराउन भनेको छ । त्यस्ता अभिव्यक्ति तथा गतिविधिको मन्त्रालयले सुक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्ने विरुद्ध कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी पनि दिएको छ ।

Comments

One response to “मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै गतिविधि नगर्न गृह मन्त्रालयको अनुरोध”

  1. Bhoj Raj Kafle Avatar

    कुरो अब नेपाल भारत को नेपालको राजनिक परिवर्तन सगै सधै नेपाली जनताको सम्पतिको रक्षा गर्नु पर्ने तर एक आपसमा तैछाड मैछाड्गर्ने गरेको देख्दा यि राजनिती दल सरकार जाने काम गर्न नसक्ने दलहरुलाई निर्वाचन आयोग ले खारेज गर्नु पर्ने तर उल्टो प्रोत्साहन दिएर बिजनेस जस्तो गरेको देखिन्छ शिमाना को चौतर्फी बिरोद हुँदाअ पनि आफ्नु मन्त्री पद जोगाउन कुनै पनि काम नगर्दा एस्तानेता लाई कार्वाही गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *