काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ को उद्घाटन गरेका छन् । भर्चुअल माध्ययमबाट उद्घाटन गरेपछि बोल्दै प्रधानमन्त्री देउवाले मेलाबाट कोरोना महामारीका कारण अस्थिर रहेको अर्थतन्त्रलाई उकास्न उद्यमशिलता र आर्थिक बिकासमार्फत टेवा पुग्ने बताएका छन् ।
महासंघकी अध्यक्ष रिता सिम्हाले भर्चुअल माध्यमले महिला उद्यमीका उत्पादन विक्रीका लागि र्पयाप्त अवसर प्रदान गर्नुका साथै सञ्जाल निर्माण तथा सिप तथा ज्ञानको आदानप्रदानमा समेत मद्दत पुग्ने बताईन ।
त्यस्तै, महासंघकी प्रथम उपाध्यक्ष नीरु रायमाझी खत्रीले महिला उद्यमीहरुको हौसला बढाउन र अन्तर्राष्ट्रिय बजारमा देशभर उत्पादन भएका वस्तुको व्यवसायलाई बढावा दिन भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवर्द्धन, बजारीकरण र विक्रिका लागि एक साझा स्थल श्रृजना भएको बताएकी छन् ।
महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महिला आर्थिक तथा सामाजिक सशक्तिकरण र रुपान्तरणका निम्ति पैरवी, वकालत, संजाल विस्तार, सुचनाको प्रवाह, क्षमता अभिवृद्वि र बजारीकरणमा मेलाले टेवा पु¥याउनेमा जोड दिईन् ।
भाद्र २१ सम्म चल्ने मेलामा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् । मेलामा जम्मा ८० स्टलहरु रहेका छन् ।
ती मध्ये ५७ महिला उद्यमीहरुका स्टल र ३० जिल्ला महिला उद्यमी संघहरुलाई प्रतिनिधित्व गर्ने स्टल रहेका छन् । सधै झै दुईवटा स्टलहरु अग्नि पीडि़त र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीहरुलाई सीप प्रदान गर्ने संस्थालाई निशुल्क प्रदान गरिएको छ ।


Leave a Reply