प्रदेश १ : एमाले छाडेर १० सांसदले गरे नेकपा एसमा सनाखत

विराटनगर । प्रदेश १ का नेकपा एमालेका १० जना सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) रोजेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमाले छाडेका १० प्रदेश सांसदले नेकपा एसको पक्षमा केहीबेरअघि सनाखत गरे ।

प्रदेश १ को सभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।

नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरू यस प्रकार छन् ।

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी

Comments

One response to “प्रदेश १ : एमाले छाडेर १० सांसदले गरे नेकपा एसमा सनाखत”

  1. ganesh mahatara Avatar
    ganesh mahatara

    हार्दिक बधाई तथा शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *