प्रदेश १ का १० एमाले सांसदले रोजे नेकपा एस, सनाखतका लागि निर्वाचन आयोग जाँदै (सूचीसहित)

काठमाडौं । प्रदेश नम्बर १ का नेकपा एमालेका १० जना सांसदले नेकपा (एस) रोजेका छन् । नेकपा एमाले छाड्ने १० जना प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुग्दैछन् ।

आफूहरू १० जना नेकपा एसको पक्षमा उभिएको र अहिले आयोगमा जान लागेको खोटाङबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य राजन राईले नेपाल प्रेसलाई बताए ।

प्रदेश १ को प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा एमालेका १० जनाले नेकपा एस रोजेसँगै मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् ।

नेकपा एमाले छाड्ने प्रदेशसभा सदस्यहरु यस प्रकार छन् ।

१. राजेन्द्र राई

२. राजन राई

३. पदमकुमारी गुरुङ

४. सरिता थापा

५. सुनिता चौधरी

६. उपेन्द्र घिमिरे

७. कृष्णकुमारी राई

८. गणेश काङवाङ

९. खिनु लङ्वा लिम्बु

१०. सावित्री रेग्मी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *