भदौ २० देखि लाइसेन्सकाे ट्रायल दिन पाइने, यस्तो छ निर्णय

काठमाडाै‌ं ।  बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० गतेदेखि सञ्चालन हुने भएको छ ।

वैशाख १५ गते देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारदेखि पुन सञ्चालन हुने भएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै लिखित तथा प्रयोगात्मक परीक्षाहरु गरिने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

कोभिड -१९को दोस्रो लहरका कारण गत बैशाख १५ गतेदेखि लाइसेन्सको परीक्षा स्थगित भएको थियो । यातायात व्यवस्था विभागले भदौ १० गते स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पुर्ण पालना गर्दै लिखित तथा प्रयोगात्मक परीक्षाहरू (रि-ट्रायल) समेत २० गते देखि सञ्चालन हुने सूचनामार्फत जानकारी दिएको छ ।

प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा ट्रायल मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरू, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षा (रि ट्रायल)मा सहभागी हुन बाँकी परीक्षार्थीहरू र कार्यालयमा उपस्थित भई बर्ग थपको लागि राजस्व बुझाई सकेका सेवाग्राहीहरूका लागि सेवाहरु सञ्चालन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *