सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लापुमा शिक्षक पदपूर्तिको लागि भएको परीक्षामा परीक्षार्थीले नै उत्तरपुस्तिका च्यातेका छन् ।
विद्यालयका प्रअ लिलबहादुर सुनारले बादेपिपल राकमको इलाका प्रहरी कार्यालयमा दोषीलाई कारवाहीको माग गर्दै निवेदन दिएका छन् ।
त्यस विद्यालयमा प्रावि तृतीय श्रेणीको शिक्षक पदपूर्तिका लागि हिजो प्रथम पत्रको परीक्षा संचालन गरिएको थियो । ८ जना प्रतिस्पर्धी सहभागी भएकोमा परीक्षा शुरू भएको २० मिनेटमा नै परिक्षार्थी गणेशमान खत्रीले परीक्षामा उपस्थित अन्य सात जनाको उत्तर पुस्तिका थुतेर च्यातेको तथा आफैंले अन्य परीक्षार्थीलाई उक्साएर विज्ञप्ति निकालेको विद्यालय प्रशासनले प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ । खत्रीमाथि कारवाही गर्न माग गरिएको छ ।
यसैबीच, उक्त परीक्षा लिनको लागि गठित परीक्षा समिति संयोजक विर्माकला पुनले आज एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित भएको जानकारी दिएकी छिन् । उनले एकजना परीक्षार्थीले अन्य सबैको उत्तरपुस्तिका च्यातेकोले परीक्षा अर्मयादित, सशंकित हुने अवस्था आएको बताइन् ।


Leave a Reply