बेइजिङ । कोभिड-१९ महामारीको कारण अध्ययनका लागि फर्कन नसकेका नेपाली विद्यार्थीलाई बोलाउनेबारे चीनले आफू गम्भीर रहेको जनाएको छ ।
बेइजिङ नियोगका राजदूत महेन्द्रबहादुर पाण्डेसँगको भेटमा चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको एसियाली विभागका महानिर्देशक लुइ चीनसुङसँगले उक्त कुरा बताएका हुन् ।
राजदूत पाण्डेले इन्टर्नसिप गर्नुपर्ने विद्यार्थीलाई जतिसक्दो चाँडो बोलाउन चीनलाई आग्रह गरेका थिए । महानिर्देशक लुइले आफ्नो आग्रहलाई गम्भीरता साथ लिएको र नोट गरेको बताएको पाण्डेले जानकारी दिए । महामारीले नेपाली विद्यार्थी अलपत्र परेको गुनासो पाण्डेले गरेका थिए ।
महामारीको कारण सन् २०२० को सुरुदेखि स्वदेश फर्किएका विद्यार्थीले चीन आउन पटक-पटक आग्रह गरेको समेत लुइले बताए । साथै, उनले जतिसक्दो चाँडो विद्यार्थीलाई बोलाउन आफूले पहल गर्ने वचन समेत दिएका छन् ।
इन्टर्नसिप गर्नुपर्ने एमबीबीएसका विद्यार्थीलाई कुनैपनि हालतमा चीनमा चाँडो बोलाउन राजदूत पाण्डेले आग्रह गरेका थिए ।

Leave a Reply