वाईसीएल अध्यक्ष भन्छन्- कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु कुलमान भेटिन्छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले कुलमान घिसिङबाहेक अरु विकल्प छैनन् भन्ने बुझाइबाट मुक्त हुनुपर्ने बताएका छन् ।

वाईसीएल अध्यक्ष सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो वक्तव्य दिदै मुुलुकलाई एक होइन हजार कुलमान चाहिएको र अवसर दियो भने त्यस्तो व्यक्ति भेटिने धारणा व्यक्त गरेका छन् ।

सापकोटाले भनेका छन्, ‘कुलमान घिसिङकाे नियुक्तिप्रक्रियादेखि आजसम्म उनको पक्षमा खडा हुनेमध्यको म पनि एउटा हुँ। हामीलाई एक कुलमान होइन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधी देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानलाई ल्याउने चर्चा चलिरहेका बेला सापकोटाले अरुलाई अवसर दिएर कुलमान बन्ने मौका दिइनुपर्ने बताएका हुन् ।

Comments

2 responses to “वाईसीएल अध्यक्ष भन्छन्- कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु कुलमान भेटिन्छन्”

  1. टेक बहादुर लामा Avatar
    टेक बहादुर लामा

    कुलमान लाई अब बिधुत प्राधिकरण मा होइन अरु आइलनिगम जस्ता डुबेको धेरै संस्थाहरु छन त्यस्ता ठाउँमा नियुक्ति गर्दा राम्रो होला

  2. Nepali Janta Avatar
    Nepali Janta

    कुलमान निर्विल्प नै हाे .. त्यसकारण उहाँलाई एकपटक जिम्मा दिनु पर्छ, उहाँले शुरु गरेकाे केही अधुरा काम छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *