काठमाडौं । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको रूपमा सपथ लिएका छन् ।
सर्वोच्चमा आयोजिक एक समारोहमा न्यायाधीश तेजबहादुर केसीले मरासिनीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐनको दफा १४ मा अर्थमन्त्रालयका सचिव नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।
सोही ऐनको दफा १०८ मा नेपाल राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक समितिका सदस्यहरूले प्रधानन्यायाधीश वा तोकिएका न्यायाधीशसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गर्नुपर्ने प्रावधान छ ।

Leave a Reply