जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए।

यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गरेको हो।

Comments

One response to “जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन”

  1. शरद Avatar
    शरद

    बाबुराम के बनेछन् ? उपनेता?

Leave a Reply

Your email address will not be published. Required fields are marked *