सांसदहरूसँग नेम्वाङले भने- १० बुँदेमा केपी ओलीको पनि चित्त बुझेको थिएन

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले सर्वसम्मतिले १० बुँदा तयार पारेको बताएका छन् ।

पार्टी एकताको दबाब दिँदै कार्यदलका सदस्यहरूसँग सिंहदरबारमा जारी छलफलमा ओलीपक्षका कार्यदल संयोजकसमेत रहेका नेम्वाङले भने, ‘यो हाम्रो सर्वसम्मत निश्कर्ष हो । व्यक्ति-व्यक्तिको कुरा गर्ने हो भने सबै चित्त नबुझ्न् सक्छ। माधव नेपालले जस्तै केपी ओलीले पनि सबै विषयमा चित्त बुझाउनुभएको थिएन ।’

एमाले विभाजनको अधिकार कुनै पनि नेतालाई नरहेको भन्दै एकता अभियानका नेता यज्ञराज सुनुवारले केपी ओली र माधव नेपालको मात्र निर्णयले पार्टी चल्न नसक्ने भन्दै लाखौं कार्यकर्ताले हस्तक्षेप गर्नुपर्ने बताए । कार्यक्रमको संचालन सुनुवारले नै गरेका छन् । माधव पक्षमा रहेमा सुनुवार पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला अनुपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *