सुनको मूल्य तोलामा सात सय घट्यो

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ७ सय घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय तोकिएको छ । हिजो ९२ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय निर्धारण गरिएको छ ।

चाँदी तोलाको १० रूपैयाँ बढ्दै १ हजार २७० रूपैयाँमा किनबेच भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *