सर्वोच्चबाट दोस्रोपल्ट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज ४ बजे

काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्‌न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।

सर्वाेच्च अदालतकाे संवंधानिक इजलासले असार २७ गते प्रतिनिधिसभा विघटनविरुद्द परेकाे रिटमा निवेदककै पक्षमा फैसला सुनाउँदै एक साताभित्र संसद बैठक बाेलाउन परमादेश जारी गरेकाे थियाे । यही संसदबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्नेछ ।

सभामुख अग्नि सापकोटाले आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने, सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायत सम्भावित कार्यसूची छ ।

संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तयारी स्वरुप पछिल्लोपटक संघीय सांसदसहित ८०१ जनामा कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *