युवा पत्रकारिता पुरस्कारबाट चारजना सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित गरेको छ ।

पुरस्कृत हुनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभाट, तरङ्ग राष्ट्रिय पाक्षिकका राधा नेपाली र जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी छन् । उनीहरूलाई जनही ५० हजार रूपैयाँको दरले मन्त्रालयमा सम्मान गरिएको छ ।

पुरस्कार प्रदान समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राज्यको हरेक निकायमा पुरानो पुस्तालाई बिदाई गर्दै युवा पुस्तालाई समेट्न सके देशको विद्यमान समस्याको समाधान हुने भन्दै युवा पत्रकारहरुको भूमिका राज्यको हरेक निकायमा युवाहरुको प्रतिनिधित्व आवश्यक छ भन्ने वकालत गर्नु रहेको बताए ।

पुरस्कृत पत्रकारहरूले आफुहरूले मोफसलमा रहेर युवाहरूको विषयलाई प्राथमिकतामा राखी पत्रकारिता गरिरहेको उल्लेख गर्दै यो सम्मान सुनौलो अवसर भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *