प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा प्रहरी हवल्दार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको हो ।

हवल्दार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै तीन लाख ९९ हजार पाँच सय रुपैयाँ घुस रकम लिएका र अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको अख्तियारले जनाएको छ ।

घिमिरेले ब्युरोमा भएको सुन तस्करको मुद्दाको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने धम्की दिई व्यवसायी राजकुमार स्वर्णकारसँग मिलेर घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनका अनुसार मुद्धा पुस्ट्याइँसँगै आयोगले हवल्दार घिमिरे र स्वर्णकारसँग तीन लाख ९९ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद सजाय दिन माग गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *