आन्दोलनको थप रणनीति बनाउँदै विपक्षी विद्यार्थी गठबन्धन

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरूको बैठक बसेको छ । बुद्धनगरमा जारी बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको समीक्षा र थप कार्यक्रमबारे निर्णय लिने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।

‘प्रतिगमनविरुद्धको आन्दोलनमा भएको दमनको भत्सर्ना गरेका छौं । आन्दोलन सफल भएको हाम्रो निष्कर्ष छ र आगामी रणनीति आज तय गर्नेछौं’, महामन्त्री तिमिल्सिनाले भने ।

बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष) का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल लगायतका विद्यार्थी नेता सहभागी थिए ।

Comments

One response to “आन्दोलनको थप रणनीति बनाउँदै विपक्षी विद्यार्थी गठबन्धन”

  1. अनुरोध Avatar
    अनुरोध

    शिक्षा क्षेत्रका व्यापक बेथिति निजी विद्यालयमा हुने ठगीका बारेमा यी संगठनहरुले कहिल्यै आन्दोलन गरेको थाहा छैन । दुनियालाई भ्रम छर्न फेरि पनि आन्दोलनको नाटकको कुनै तुक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *