तीन लाख डोज खोप माग्दै भारतीय सेनापतिलाई नेपाली भूपु गोर्खा सैनिकको पत्र

काठमाडौं । आफूलाई नेपाल र भारत सरकारले कोभिड-१९ विरुद्धको खोपको प्राथमिकतामा नराखेको उल्लेख गर्दै नेपालमा रहेका भूतपूर्व भारतीय गोर्खा सैनिकहरुले भारतीय सेनापति मनोजमुकुन्द नरवाणेलाई पत्र लेखेका छन् ।

खोप अभावमा १५० जना भूपु गोर्खा सैनिकले ज्यान गुमाएको उल्लेख गर्दै उनीहरुले तत्काल ३ लाख डोज खोप उपलब्ध गराउन आग्रह गर्दै उक्त पत्र लेखेका हुन् ।

गतसाता पठाइएको उक्त पत्र भारतीय प्रधानसेनापतिसहित भारतीय सेनाको भूतपूर्व सैनिक स्वास्थ्य कोषलाई पनि लेखिएको छ । उक्त पत्रमा खोप अभावमा अझै धेरैले नेपालमा ज्यान गुमाउन सक्ने लेखिएको छ ।

‘भूपू गोर्खा सैनिकले पूर्ण इमान्दारिताका साथ भारतीय सेनामा योगदान दिएका छन्’ पत्रमा लेखिएको छ, ‘न त नेपाल सरकार न त भारत सरकारले नै हामीलाई खोपको प्राथमिकतामा राखेको छ ।’

भारतीय सेनाले भारतस्थित भूपु सैनिकहरुलाई खोप उपलब्ध गराएपनि नेपालका भूपु सैनिकहरुलाई भने बञ्चित गरिएको गुनासो समेत पत्रमा उल्लेख गरिएको छ ।

मानवीय सहायताको रुपमा खोप उपलब्ध गराउन भारतीय सेनापतिलाई भूमिका खेल्न समेत भनिएको छ । झन्डै ३ लाख डोज खोप उपलब्ध गराए अहिलेलाई पर्याप्त हुने समेत पत्रमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *