कर्णालीमा युएसएआइडीद्वारा ८ करोडको स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाद्धारा कर्णालीमा आठ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा रहेको आरटी पीसीआर प्रयोगशाला, रुकुम पश्चिममा रहेको प्रयोगशाला, दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ल्याबलाई बायोसेपफ्टी क्याबिनेट तथा ल्यामिनार फ्रलो हस्तान्तरण गरेको हो ।

स्वास्थ्यको लागि सक्षम प्रणाली अन्तर्गत हालसम्म कणार्ली प्रदेश अन्तगर्त १० वटै जिल्लामा फ्रिज, सेन्ट्रीफुग मेसिन, अक्सिजन सिलिण्डर, पावर व्याकअप इकाई, अटोमटिक आरएनए इक्स्ट्राक्सन मेसिन, भर्टेक्स मेसिन, पिपिई सामग्रीहरू हस्तान्तरण गरेको हो ।

परियोजनाका दीप नारायण सापकोटाले चालु आर्थिक वर्षमा परियोजनाले कोभिड इर्मजेन्सी रेस्पोन्स मार्फत ल्याव्रोटेरी सहयोग गरेको बताए । उनले यस्तो गर्नुको मुख्य कारण प्रयोगशालामा कार्यरत कर्मचारीहरु कोभिड संक्रमण बाट जोगिउन भन्ने रहेको जनाए । ‘स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच बढाउने र स्वास्थ्य प्रणाली सुधार गर्ने हाम्रो मुख्य उदेश्य हो ।’ उनले भने ।

आठ करोड १५ लाख १९ हजार ८३२ रुपैंया बराबरका स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले परियोजनाको सहयोग अत्यन्तै राम्रो रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *