जातीय छुवाछुतका आरोपीलाई छुटाउन मन्त्री संलग्न भएको भन्दै नागरिक आन्दोलनको विरोध

काठमाडौं । सरकार वादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छुटाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रत्यक्ष संलग्नता देखिएको भन्दै वृहद नागरिक आन्दोलनले विरोध जनाएको छ ।

आज आन्दोलनका नाममा जारी विज्ञप्तिमा मन्त्रीले नै राज्यशक्तिको दुरुपयोग गरेर जातजन्य विभेदलाई निरन्तरता दिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा मन्त्रीले गरेको शक्तिको दुरुपयोग दलित समुदायमाथि सदियौंदेखि भएका हिंसा र गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई राज्यले संरक्षण दिन्छ भन्ने यथार्थको पुनः पुष्टि हो ।’

आरोपी घरबेटीलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को कुन दफा अनुसार जमानीमा छोडेको हो भन्ने पिडितलाई जानकारी नरहेको विज्ञप्तिमा दावी गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *