काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबारदेखि नियमित गर्ने भएको छ ।
प्रशासनले भोलिदेखि नियमित रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रुपमा दिँदै आएको सेवाहरु सुचारु गर्ने भएको हो ।
अत्यावश्यक सेवा लिनुपर्ने कारणखुलाएर मात्रै आउन सीडीयाे कार्यालय आउन आउनुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।
कोभिड -१९ को संक्रमण उच्च भएपछि बैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो । यसअघि प्रशासनले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने दिँदै आइरहेको थियो ।


Leave a Reply