पानीमा डुबेर अर्घाखाँचीमा एकको मृत्यु

रुपन्देही । अर्घाखाँचीमा नुहाउने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सन्धिखर्क वडा नम्बर ११ का ४८ वर्षका कुलबहादुर कुमालको पानीमा डुवेर मृत्यु भएको हो ।

खेतमा धानको ब्याड बनाएर घर फर्किने क्रममा रामपथ माटे बाँगी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको पिल्लर मूनी जम्मा भएको पानीमा नुहाउन पसेका कुमालको बुधबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ ।

पुल मूनी जमेको धमिलो पानीको गहिराई थाहा नहँुदा कुमालले पौडी खेल्न नसक्दा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए । उनका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *