नेपाललाई स्वास्थ्य सहायता दिलाउन अष्ट्रेलिया सरकारलाई सांसद रोल्यान्डको पत्र

सिड्नी । अष्ट्रेलियाको पश्चिम सिड्नीस्थित राज्यसभाकी सांसदले कोभिड-१९ महामारीविरुद्ध सहायताका लागि सरकारलाई आग्रह गरेकी छिन् ।

सांसद मिचेल रोल्यान्डले बुधबार राज्य सभाको फेडरेसन चेम्बरलाई पत्र लेख्दै तत्काल स्वास्थ्य सहायताका लागि आग्रह गरेकी हुन् ।

नेपाल प्रेसलाई प्राप्त पत्रमा सांसद रोल्यान्डले कोभिड-१९ महामारीको कारण पछिल्लो समय सबैभन्दा बढी प्रभावित नेपाललाई सहयोग गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने बताएकी हुन् ।

पश्चिम सिड्नीको ग्रीनवे राज्यकी सांसद तथा छायाँ संचारमन्त्री समेत रहेकी रोल्यान्डले स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले अष्ट्रेलियास्थित नेपाली दूतावाससँग मिलेर काम गर्नुपर्ने पनि सुझाएकी छिन् ।

अष्ट्रेलियास्थित नेपाली समुदायले आफ्नो मुलुकलाई सहायताका लागि त्यहाँको सरकारलाई अनुरोध गरेको प्रसंग कोट्याउँदै रोल्यान्डले नेपाली समुदायप्रति ठूलो सदाशयता रहेको समेत बताएकी छिन् ।

सांसद रोल्यान्डले नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थाप्रति पत्रमार्फत जानकारी पनि गराएकी छिन् :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *