गणतन्त्र दिवसका अवसरमा माफी पाएका ४३० जनाको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा पाएका ४ सय ३० जनामा नाम सार्वजनिक गरेको छ । गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४ सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनहा गरेकी हुन् । माफिनिाहा, कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद मुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा काराकार प्मुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०७७ साउन १९ गते भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा ४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा ४ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम माफी मिनहा गर्न पाइने कानूनी व्यवस्था रहेकाे छ ।

Comments

One response to “गणतन्त्र दिवसका अवसरमा माफी पाएका ४३० जनाको सूची सार्वजनिक (सूचीसहित)”

  1. साङ्गे लोड्र‍ोो मगर Avatar
    साङ्गे लोड्र‍ोो मगर

    ती सबै तत्कालीन समयमा सरकारको पक्ष र प्रतिपक्षी दलका झोले, भरौटे कार्यकर्तालाई मात्रै छुट दिईएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *