आर्थिक सर्वेक्षणः कर्मचारीलाई तलब खुवाउन २० करोड कर्जा

काठमाडौं । कोरोना कहरका कारण समस्यामा परेका उद्योगले कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न २० करोड ८८ लाख कर्जा लिएका छन् । अर्थ मन्त्रालयले आज सर्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमार्फत पारिश्रमिक भुक्तानी गर्न २० करोड ८८ लाख कर्जा प्रवाह भएको उल्लेख छ ।

कोरोनाबाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोग पुर्याउने उद्देश्यले यसै वर्ष शुरु गरिएको व्यावसायिक कर्जाअन्तर्गत २०७७ फागुन मसान्तसम्म २० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *