फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । कोभिड-१९ को महामारीमा नेपाललाई सघाउन फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।

फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री त्रिपाठीलाई तीन लाख ५० हजार एफएफ पी टू मास्क, एक लाख के एन ९५ मास्क, दुई लाख ३२ हजार ५०० जोर पञ्जा, ३० हजार सुरक्षा पोशाक, २४ लाख ९८ हजार फेसमास्क र तीन लाख ५० हजार फेससिल्ड प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भएको कार्यक्रममा मन्त्री त्रिपाठीले फिनल्यान्ड सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहायताबाट नेपाल र फिनल्यान्डबीचको मैत्री प्रतिबिम्बित भएको बताए । दुवै देशका राजदूतले महामारीविरुद्धको नेपालको लडाइँमा केही मात्रामा भए पनि सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै भविष्यमा पनि सक्दो सहायता गर्ने आश्वासन दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *