नेपाल रेडक्रसद्वारा ९० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं । कोभिड-१९ भाइरसको प्रभावबाट नेपालमा स्वास्थ्य सामग्रीको अभाव भइरहका बेला नेपाल रेडक्रस सोसाइटी (नेरेसो)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० थान अक्सिजन कन्सन्ट्रेटरसहित व्यक्तिगत सुरक्षाका सामग्रीहरू हस्तान्तरण गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहजीकरणमा स्वास्थ्य मन्त्रालयलाई कोभिड-१९ प्रतिकार्यका लागि हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरू सोसाइटी अफ चाइनाले सहयोग स्वरूप प्रदान गरेको थियो ।

नेपाल स्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको पहलमा प्राप्त सामग्री नेरेसोका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरे ।

नेपाल रेडक्रस सोसाइटी सदैव मानवीय सहायतामा अग्रसर रही आएको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदयश त्रिपाठीले भने, ‘नेपाल रेडक्रस नेपाल सरकारको सहयोगी निकाय हो । यसले कठिन घडिमा गर्दै आएको सेवा निकै महत्वपूर्ण छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *