प्रदेश अस्पताललाई संघमा हस्तान्तरण गर्ने निर्णयमा कांग्रेसले माग्यो सरकारको धारणा

सुर्खेत । कर्णाली प्रदेशमा रहेको प्रदेश अस्पताल वीरेन्द्रनगरलाई केन्द्र मातहत लिने भन्ने निर्णय गरेको बताउँदै नेपाली कांग्रेसले कर्णाली सरकारको धारणा माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आज एक विज्ञप्ती जारी गर्दै प्रदेश अस्पताल संघीय सरकारलाई हस्तान्तरण गर्नेआइसिएस बैठकको बारेमा सरकारको सहमति हो कि होइन भन्दै त्यसको बारेमा धारणा सार्वजनिक गर्न माग गरेका हुन ।

‘ कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले बैशाख ३ गते गरेको निणर्यका सम्बन्धमा प्रदेश सरकारको सहमति हो या होइन ? आधिकारिक धारणा अबिलम्ब सार्वजनिक गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौ र प्रदेश सरकारले नै कर्णाली प्रादेशिक अस्पतालको सहज रूपले सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यका लागि सहजिकरण एवं अभिभावकिय भूमिका निर्वाह गरि संघीयताको बर्खिलापमा हुने कुनै पनि निणर्य गर्न, नगराउन संघीय सरकारलाइ अनुरोध गर्दछौ। ’

उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो देशमा सहकारितामा आधारित संघीय मोडलको अभ्यास भई रहेको वर्तमान परिवेषमा प्रदेश सरकारको स्वामित्वमा हस्तान्तरण भएर सञ्चालनमा रहेका कुनै पनि संरचनारूको सम्वन्धमा प्रदेश सरकारसंगको सल्लाह, सहमति र सहकार्य विना गरिने निणर्यहरू संघीयताको मर्म र भावना विपरित हुने हाम्रो निष्कर्ष रहेकोछ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *