१४ हिमाल चढेका दुई नेपाली दाजुभाइलाई गिनिज बुकद्वारा विश्व कीर्तिमानको प्रमाणपत्र

काठमाडौं । विश्वको आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने दुई नेपाली दाजुभाइले शुक्रबार विश्व रेकर्ड राखेको कीर्तिमान प्रमाणपत्र प्राप्त गरेका छन् ।

१४ वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान राखेका एउटै परिवारका मिङमा शेर्र्पा र छाङदावा शेर्पालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

मिङमा शेर्पाले सन् २००० देखि २०११ को अवधिमा १४ वटा हिमाल आरोहण गरेका थिए भने उनका भाइ छाङदावा शेर्पाले सन् २००१ देखि २०१३ को अवधिमा आरोहण सम्पन्न गरेको भन्दै गिनिज बुकले सर्टिफिकेट दिएको हो ।

हाल ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने नेपालीको संख्या ५ जना पुगेको छ । यीमध्ये गत वर्षमा आरोहण गर्ने मिङमा ग्याम्बू शेर्पा, निर्मल पुर्जा र सानु शेर्पा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *