व्यक्ति विशेषको स्वार्थसिद्धिमा कर्णाली सरकार लाग्यो : अध्यक्ष बोगटी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले कर्णाली प्रदेश सरकार व्यक्ति विशेषको स्वार्थ सिद्धिमा लागेको आरोप लगाएका छन् । प्रदेश अस्पताल कालागाउँले अक्सिजन नभएको भन्दै कोभिड बिरामी भर्ना नलिने भनेर निकालेको विज्ञप्तितर्फ इंगित गर्दै सरकार मन्त्रालय फुटाउन केन्द्रित भएको आरोप लगाएका हुन् ।

‘कतिपय गाउँबस्तीमा त बिरामीहरूको स्वास्थ्य परीक्षणको अभावले के कतिलाई यो संक्रमणले असर पारिरहेको छ भन्ने बारेमा समेत यकिन गर्न गाह्रो भइरहेको छ भन्ने खबर प्राप्त भएका छन् । यो प्रदेशका कतिपय दुर्गम जिल्लाहरूका सदरमुकाममासमेत अक्सिजनको व्यवस्था हुन सकिरहेको छैन । जिल्ला अस्पतालहरूमा भएका कतिपय उपकरणको प्रयोग गर्ने प्राविधिक जनशक्तिको अभाव रहेको छ । यो संवेदनशील घडीमा कर्णाली प्रदेश सरकारको मातहतमा अर्थात उसको ढोका अगाडि रहेको प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालले अक्सिजनको अभावले कोभिड-१९ का बिरामीलाई भर्ना गर्ननसक्ने भनि सूचना टाँस गरेको विषय सार्वजनिक भइसकेको छ,’ विज्ञप्तमिा अध्यक्ष वोगटीले भनेका छन् ।

उनले महामारीले कर्णाली प्रदेशमा भयावह रुप लिइरेको बेलामा यसको रोकथाम, नियन्त्रण, उपचार तथा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारको विशेष ध्यानाकर्षण समेत गराएका छन् । साथै यो प्रदेशको महामारी नियन्त्रण तथा रोकथामका लागि यथाशीघ्र आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि संघीय सरकारसँग अनुरोध गरेका छन् ।

Comments

One response to “व्यक्ति विशेषको स्वार्थसिद्धिमा कर्णाली सरकार लाग्यो : अध्यक्ष बोगटी”

  1. सााेनाम छिरिङ लामा Avatar
    सााेनाम छिरिङ लामा

    विज्ञप्तिकाे लागि धन्यवाद कमरेड !लय फुटाएर मंत्रिकाे संख्या बढाउनु भन्दा अक्सिजनले भरिएको सिलिन्डर थपेर जनताको ज्यान बचाउन ध्यान नदिने कर्णाली प्रदेश सरकार नागरिककाे सरकार नभएको महसुस गराउने काम भएको छ,अविलम्ब अस्पतालमा अक्सिजनकाे व्यवस्था गरि पीडितको ज्यान बचाउने काम गरियोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *