सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन

काठमाडौं । एमाले विवाद मिलाउन सिंहदरबारमा जारी एमाले नेताहरूबीचको वार्तामा माधव नेपाल पक्षले सहमतिको लागि बटमलाइन पेस गरेको छ ।

हिजो प्रधानमन्त्री तथा केपी शर्मा ओलीसँगको वान टू वान वार्तामा भएको सहमति जानकारी गराउन नेपाल पक्षबीच आज दिउँसो भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले ओली पक्षसँगको वार्तामा बस्ने नेताहरूसमक्ष न्यूनतम एजेण्डासहितको कार्यादेश दिएका हुन् ।

ओली पक्षसँग नेपाल पक्षले राखेको सर्तहरूमा २०७५ जेठ २ को एमालेकालीन स्थायी कमिटी बैठक बसेर सम्पूर्ण विवाद मिलाउने, प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुअघि नै सबै विवाद र समस्या समाधान गरिनुपर्ने, वार्तामा सहभागी नेताहरूले मत नबाझिने गरी आफ्नो राय प्रस्तुत गर्नुपर्नेलगायतका छन् ।

यति नभए सामूहिक राजीनामा अडान कायमै राख्ने केन्द्रीय सदस्यहरूले सुझाव दिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले दोस्रो तहका नेतासहित ओली र नेपालबीचको वार्ता जारी छ ।

Comments

One response to “सहमतिको लागि ओलीसँग माधव पक्षको यी बटमलाइन”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    यता बटम लाईन-बटम लाईन नेकपा (एमाले) बलियो बनाउने नियतले होइन आफू बलियो भएर एमाले फोड्नका लागि भन्दैछन् कि क्याहो? उता धारा ७६ (५) मा भेटिने विश्वास सार्वजनिक भाछ। यता र उताको प्रेम तोडियो कि भनेको त स्थगनमा पो गरेका रैछन्। त्यसैले केही सञ्चार माध्यममा बटम लाईनले प्राथमिकता पा रैच।

Leave a Reply

Your email address will not be published. Required fields are marked *