सामूहिक राजीनामाबारे औपचारिक निर्णय गर्न नेपाल पक्षको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन्। नेपाल पक्षका सांसदले सामूहिक राजनीनामा पत्रमा हस्ताक्षर गरिसकेको भनिएका बेला बस्न लागेको बैठकले यसबारे औपचारिक निर्णय लिने सम्भावना छ।

दिउँसो १२ बजेतिर भर्चुअल माध्यमबाट बैठक बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन। ‘दिउँसाे १२ बजेतिर बैठक बस्ने कुरा हो,’ उनले नेपाल प्रेससँग भनिन्,  ‘यस्तो कोभिडको बेला गएर बस्ने गाह्रो छ, त्यस्तै भर्चुल बैठक हुन्छ ।’

सामूहिक राजीनामाबारे आज एउटा निर्णय हुने शाक्यले बताइन्। ‘आजको बैठकले के गर्ने भन्नेबारेमा छलफल गर्छ । एउटा निर्णयमा पुग्छौं,’ उनले भनिन् । केपी ओली अध्यक्ष रहेसम्म पार्टी एकता सम्भव नरहेको उनको भनाइ छ।

‘हामीले केपी ओली सचिन्छन कि, फर्केर आउँछ कि भनेर न पर्खिएको हो,’ शाक्य भन्छिन्, ‘ केपी ओली अध्यक्ष रहेसम्म पार्टी एकता सम्भव छैन । सबै पार्टी त फुटाउन खाजेको मान्छेले के को पार्टी एकता गर्छ ?’

पार्टी एकताको प्रयासस्वरुप पछिल्लो समयमा दुवै पक्षमा दोस्रो तहका नेताहरुबीच चरण–चरणका छलफल भएका थिए । तर, ती छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाल पक्ष सामूहिक राजीनामा दिएर अघि बढ्न लागेको हो।

Comments

One response to “सामूहिक राजीनामाबारे औपचारिक निर्णय गर्न नेपाल पक्षको बैठक बस्दै”

  1. Dharti putra Avatar
    Dharti putra

    Do it fast people are ready to keep you at funeral fire ….
    Do it soon….

Leave a Reply

Your email address will not be published. Required fields are marked *