वर्षमानको दावी- फेरि संसद विघटन गर्ने प्रधानमन्त्रीको नियत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने र नयाँ चुनावको घोषणा गर्ने नियत राखेको दावी गरेका छन्।

पीसीआर परीक्षणका लागि थ्रोट स्वाब नमूना दिन बिहीबार संसद भवन नयाँ बानेश्वर पुगेका नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि त्यस्तो गर्ने टिप्पणी गरे ।

उनले भने, ‘२७ गते विश्वासको मत प्राप्त हुँदैन अनि लुम्बिनीमा जस्तै, ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने, त्यहाँ पनि विश्वासका मत नपाएपछि ७६ (५) अनुसार पनि अरुले विश्वास पाउँदैन भनेर सबै मैं हुँ भनेर जाने विश्वासको मत नपाएको दिनमै संसद विघटन गर्ने र चुनावको घोषणा गर्ने उहाँको नियत देखिन्छ ।’

अघिल्लो वर्ष ‘लकडाउन’का बेला झैँ यसपाली पनि ओलीले ‘अलोकतान्त्रिक काम’लाई निरन्तरता दिने योजना प्रष्ट बुझिने उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *