लिदी पहिरोका विस्थापित भेट्न सिन्धुपाल्चोक पुगे सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गृहजिल्ला सिन्धुपाल्चोकको बाँसखर्क पुगेर लिदी पहिरोबाट विस्थापितहरूसँग भेटघाट गरेका छन् ।

सोमबार त्यहाँ पुगेका उनले स्थानीको वस्ती सुरक्षित स्थानमा स्थानान्तरणबारे छलफल गरेको सपकोटका प्रेस सल्लाहकार श्रीधनर न्यौपानेले जनकारी दिए ।

गत साउन ३० गते लिदीमा बस्तीमाथिबाट खसेको पहिरोले ३७ घर पुर्दा ३९ स्थानीयलाई बेपत्ता बनाएको थियो। पहिरोपछि १७२ घरधुरीको लिदी गाउँ जोखिममा परेको छ।

पीडितले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *