नेपालप्रेस समाचार प्रभावः त्रिवि मैदानमा राखिएको अवैध सट्टेबाजी कम्पनीको बोर्ड हट्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानबाट नेपालमा अवैध सट्टेबाजी कम्पनी डाफाबेटका सबै होडिङ बोर्ड हटाएको छ । डाफाबेट अनलाइन क्यासिनो/सट्टेबाजी कम्पनी हो ।

सट्टेबाजी नेपालमा अवैध रहेको जानकारीसहित नेपालप्रेसमा समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले हिजो नै मैदानबाट बोर्ड हटाउन आयोजकलाई निर्देशन दिएको थियो ।

हिजै साँझ बसेको प्रतियोगिता आयोजक समितिको बैठकले डाफाबेटको बोर्ड हटाउने निर्णय गरे पनि ठूलो हावाहुरीका कारण हिजो सम्भव नभएको तर आजको खेलअघि नै सबै बोर्डहरु हटाइसकिने भेन्यू म्यानेजर प्रवल गौतमले जानकारी दिए ।

सन् २००४ मा फिलिपिन्सको मकातीमा स्थापना भएको यो कम्पनीको क्यानले शनिबार भएको खेलमा विज्ञापन गरेको थियो । नेदरल्याण्ड्स र मलेसियाको राष्ट्रिय टोली सम्मिलित त्रीदेशीय ट्वान्टी-२० सिरिज हिजोदेखि सुरु भएको छ । यही प्रतियोगिताको प्रायोजनस्वरुप डाफाबेटले मैदानमा बोर्ड राखेको थियो ।

तर, सोही विषयमा नेपाल प्रेसमा समाचार सम्प्रेषण भएको केही घण्टा नबित्दै क्यानले त्रिवि क्रिकेट मैदानबाट सबै होडिङ बोर्ड हटाएको हो । त्रीदेशीय सिरिज अन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीचको खेल हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *