माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा सचेतक शान्ता चौधरीले माधव नेपाल पक्षलाई जहाँ प्रेम छ त्यहिँ बसेर सघाउन सुझाव दिएकी छन् । उनले एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट नभएको समेत प्रष्ट पारेकी छन् ।

चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गरिरहेको आरोप लगाएकी छन् ।

चौधरी पनि तत्कालिन नेकपामा प्रचण्ड-माधव पक्षको कारवाहीमा परेकी थिइन् । उनले माधव नेपालको विधि पद्धतिसँग नेकपा एमाले कर्णाली प्रकरणपछि अब मूकदर्शक बनेर नबस्ने चेतावनी दिएकी छन् ।

चौधरीले आफ्नो वक्तव्यमा भनेकी छन् -हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो । अब तपाईको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड ।

Comments

4 responses to “माधव नेपाललाई शान्ता चौधरीको चेतावनी : तपाईको विधि पद्धतिसँग एमाले मूकदर्शक बन्दैन”

  1. दिवस ढकाल Avatar
    दिवस ढकाल

    तिम्रो विघि पद्धति के पी ओली मात्र हो, नेपाली जनता होईन। तिम्रो चिच्याई के पी बा तिरै सोझ्याउन सुझाव छ, हामी पत्याउन्नौ।

  2. दिवस ढकाल Avatar

    झुटको खेति

  3. Naveen dhamala Avatar
    Naveen dhamala

    माकूने गूटूका सबै नेता हरू पार्टि भीत्र धमिलो बनेर बस्ने छन उनीहरू को ईलाज समय मै गर्दा हून्छ।हैन भने भोली पार्टी ले ठूलो क्षेत्री बेहूरिनू पर्छ

  4. गगन सिंह ढेगा Avatar
    गगन सिंह ढेगा

    माकुने र झलेलाई पद चाहिएको हो, देश बनाम भन्ने नेतामा यिनिहरु पर्दैन, बरु छिटोभन्दा छिटो पार्टीबात निष्कासन गरि नयाँ युवा इमानदार लाई अगाडि बढाउनु पर्छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *