रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।
मन्दिर दर्शन गरेर फर्कँदै गर्दा ठुलोलुम्पेकमा दिउँसो २ बजे लु. २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ वर्षीया तारा राहदीको मृत्यु भएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिए ।
दुर्घटनापछि टेम्पो चालक भने फरार छन् । दुर्घटनामा एक बच्चासहित चारजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ ।

Leave a Reply