गृह जिल्लामा प्रचण्ड–स्थानीयको दैलाेमा खानपीन, बालबालिकासँग घुलमिल (फोटोफिचर)

काठमाडौं। सर्वोच्च अदालतले ब्युँताइदिएको माओवादी केन्द्रको ‘चार्म’ फर्काउन गाउँ–गाउँमा अभियान लिएर उद्घोष गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचेल राजधानीमा खासै भेटिदैनन्।

हालै मात्र कर्णाली प्रदेशका जिल्ला–जिल्ला घुमेर राजधानी फर्किएका प्रचण्ड आइतबार गृहजिल्ला चितवन पुगे ।

अबका केही वर्ष जनताकै घरदैलोमा बिताउने बताएका प्रचण्डले चितवनमा स्थानीयको घरदैलोमा पुगेर खानपीन गरे । बालबालिकाहरुसँग पनि उनी घुलमिल भएको देखिन्छ ।

प्रचण्डले चितवनमा निर्माणधीन आयोजनाहरुको अवलोकन समेत गरेका छन् । तस्बिरमा हेरौं प्रचण्डको गृहजिल्ला दैनिकी ।

तस्बिर : प्रचण्डको फेसबुक पेजबाट

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *