ग्रेटर नेपालका अध्यक्ष पुगे दुर्गाप्रसादको घर, सरकारलाई प्रतिवेदन दिने

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारतको जेलमा सुनवाइबिनै ४१ वर्षसम्म थुनामा परेर छुटेका दुर्गाप्रसाद तिम्सिनालाई उनको घरमै पुगेर भेटेका छन् । मोर्चाले दुर्गाप्रसादमाथि भएको ज्यादतिको क्षतिपूर्ति र भारतीय जेलको अवस्थामा सुधार ल्याउन दवाव दिने नेपालले बताए ।

‘एउटा निर्दोष नेपालीलाई ४१ वर्षसम्म जलमा कठोर यातना दिएर राख्नु सोच्नै नसकिने घटना हो,’ उनले भने, ‘म यहाँको शारीरिक तथा मानसिक अवस्था बुझ्नलाई घरमा नै पुगेको हुँ ।’

उनले दुर्गाप्रसादलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म सहयोग गरेको नदेखिएकाले आफूले सांकेतिकरूपमा थोरै रकम दिएको उनले बताए ।

मोर्चाले स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाउने अध्यक्ष नेपालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *