बादललाई पनि कारबाही, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ।

थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् । ‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारी साथीहरुले दर्ता गर्दै हुनुहुन्छ ।’

त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढाएको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए।

यसअघि माओवादी केन्द्रले एमालेमा गएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको छ।

पदमुक्त भएका उनीहरुको आजै पुनर्नियुक्ति र सपथ हुने कार्यक्रम छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *