यातायात कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुबेदीसहित १९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यक्ष सुबेदीसहित १९ जना जनालाई पक्राउ गरेको हो ।

आयोगले अनुसन्धान गर्दा तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, केशबराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय (न्यौपाने), अरुण कुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओम बहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेलले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाको सनाखत गरी परीक्षण गरेको अभियोगमा अख्तिायरले मुद्दा दायर गरेको हो ।

यस्तै खरिदार चन्द्रमणी नेपाली, केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देबकोटा पनि रहेका छन् । उनिहरुले गैरकानूनीरुपमा रकम आर्जन गरेको पुष्टि भएपछि आयोगले कानुन बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *