कर्णाली सरकारबारे प्रचण्ड : सबै मिलेर अपदस्त गरे भने पनि फेरि कब्जा गर्ने ठाउँमा आइपुग्छौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश सरकार अपदस्त गर्ने कोसिस भइरहेको दावी गरेका छन्।

रुकुम पश्चिममा आयोजित जनसभालाई मंलबार सम्बोधन गर्दै प्रचण्डले सरकार बचाउन अन्तिम प्रयत्न गर्ने बताए।

‘हाम्रो सरकारविरुद्ध अन्तिम रुपमा अपदस्त गर्ने कोसिस भइरहेको छ,’ प्रचण्डले भने, ‘म आफैँ लागि पनि राख्याछु, सकेसम्म हाम्रो सरकार बचोस् । हामी अहिले पनि छलफलमा छौं। यो कार्यक्रमपछि पनि हामी लाग्छौं ।’

सबै मिलेर सरकार अपदस्त गरे पनि आफूहरु प्रतिपक्षमा बस्ने र फेरि सरकार कब्जा गर्ने अवस्थामा आइपुग्ने प्रचण्डले बताए।

‘तर, यदि सबै मिलेर अपदस्तै गर्ने भन्यो भने पनि हामी अपदस्त हुँदैनौं,’ उनको भनाइ छ, ‘हामी प्रमुख प्रतिपक्षको रुपमा जनताको साथमा बसेर फेरि सरकार कब्जा गर्ने ठाउँमा हामी फेरि पुग्ने छौं भन्ने विश्वास म तपाईंहरुलाई दिलाउन चाहान्छु ।’

Comments

One response to “कर्णाली सरकारबारे प्रचण्ड : सबै मिलेर अपदस्त गरे भने पनि फेरि कब्जा गर्ने ठाउँमा आइपुग्छौं”

  1. रामलखन यादव Avatar
    रामलखन यादव

    ५०००काे हत्या स्वीकार्ने प्रचण्डेको विधिपद्दती नै कब्जा नै त हाे । कुन अचम्म भयाे र यी ज्यानमारा लुटेराहरूले कब्जाको कुरा गर्दा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *