वयोवृद्ध आमाको उजुरीमा राष्ट्र बैंककी निर्देशक पक्राउ, ३ करोड लिएर हेरचाह नगरेको आरोप

काठमाडौं । आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् ।

राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुष्माकी आमाले आफूलाई ठगेको भन्दै छोरीविरुद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ गरी दुई दिनदेखि थुनामा राखिएको उनले जानकारी दिए ।

उजुरी अनुसार रेग्मीले विभिन्न बैंकमा भएको आमाको खाताको पैसासहित ३ करोडभन्दा बढीको सम्पत्ति आमाको हेरचाह गर्ने भन्दै आफ्नो नियन्त्रणमा लिएकी थिइन् । तर, पैसा लिएर आफ्नो वास्ता नगरेको आमाको आरोप छ ।

प्रहरीले उनलाई विगत ८ महिनादेखि आमाको राम्रोसँग हेरचाह गर्न वा आमाको सम्पत्ति फिर्ता गरिदिन अनुरोध गरे पनि नमानेको सिंहले बताए । रेग्मीविरुद्ध जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

वयोवृद्ध आमाले छोरीमाथि मुद्दा हालेको यो दुर्लभ घटना हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकालले रेग्मी पक्राउ परेको बारे अनौपचारिक जानकारी रहेको बताए । ‘पक्राउ पर्ने व्यक्ति नेपाल राष्ट्र बैंककै कर्मचारी हो भन्ने सुनेको छु, बाँकी कुरा प्रहरीसँग बुझ्नुहोस,’ उनले भने ।

Comments

3 responses to “वयोवृद्ध आमाको उजुरीमा राष्ट्र बैंककी निर्देशक पक्राउ, ३ करोड लिएर हेरचाह नगरेको आरोप”

  1. Bikash Acharya Avatar
    Bikash Acharya

    कडा भन्दा कडा कारबाही होस् यति धेरै educated भएर यति निर्दयी काम गर्नु कति सम्म पाप हो त्यो पनि आफ्नै आमालाई ।सम्बन्धित निकायको ध्यानाकर्षण होस आमालाई छिट्टै न्याय मिलोस ।

    1. kashinath Mainali Avatar
      kashinath Mainali

      YES

  2. rajendra Avatar
    rajendra

    कडा भन्दा कडा कारबाही होस् यति धेरै educated भएर यति निर्दयी काम गर्नु कति सम्म पाप हो त्यो पनि आफ्नै आमालाई ।सम्बन्धित निकायको ध्यानाकर्षण होस आमालाई छिट्टै न्याय मिलोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *